संयुक्त राष्ट्र शरणार्थी उच्च आयोग (United Nations High Commissioner for Refugee, UNHCR) शरणार्थी, जबरजस्ती विस्थापित समुदाय र राज्यविहीन मानिसहरूलाई सहयोग र सुरक्षा गर्न र उनीहरूको स्वैच्छिक स्वदेश फिर्ता, स्थानीय घुल्मिल वा तेस्रो देशमा पुनर्वासमा सहयोग गर्नको लागि जिम्मेवारी दिइएको संयुक्त राष्ट्रसंघीय निकाय हो। यसको मुख्यालय जेनेभा, स्विट्जरल्याण्डमा छ । १८,८७९ भन्दा धेरै कर्मचारी भएको यो आयोगले १३८ देशहरुमा काम गर्दछ।
पृष्ठभूमि
संयुक्त राष्ट्र शरणार्थी उच्च आयोगको स्थापना दोस्रो विश्वयुद्धबाट उत्पन्न भएको शरणार्थी संकटलाई सम्बोधन गर्न सन् १९५० मा भएको थियो । १९५१ शरणार्थी महासन्धिले एजेन्सीको कामको दायरा र कानुनी ढाँचा स्थापित गर्यो, जुन सुरुमा युद्धबाट विस्थापित भएका युरोपेलीहरूमा केन्द्रित थियो। १९५० को दशकको उत्तरार्धमा, हंगेरी विद्रोहदेखि अफ्रिका र एशियाको उपनिवेशीकरणसम्म अन्य द्वन्द्वहरूका कारण हुने विस्थापनले शरणार्थी उच्च आयोगको कार्यहरूको दायरा फराकिलो बनायो। २०१५ मा यसको 65 औं वार्षिकोत्सव सम्म, एजेन्सीले विश्वभर ५ करोड भन्दा बढी शरणार्थीहरूलाई सहयोग गरेको थियो।
जुन 2020 सम्म, शरणार्थी उच्च आयोगको जिम्मामा २ करोड भन्दा धेरै शरणार्थीहरू छन्। फलस्वरूप, यसको वार्षिक बजेट १९५१ मा US$३००,००० बाट २०१९ मा US$८.६ अर्ब पुगेको छ, जसले यसलाई खर्चको हिसाबले संयुक्त राष्ट्र संघको सबैभन्दा ठूलो एजेन्सीहरू मध्ये एक बनाएको छ। शरणार्थी उच्च आयोगको बजेटको ठूलो हिस्सा स्वैच्छिक योगदानबाट आउँछ, प्रायः सदस्य राष्ट्रहरूबाट; सबैभन्दा ठूलो दाताहरू संयुक्त राज्य अमेरिका, युरोपेली संघ र जर्मनी हुन्। एजेन्सीको काममा सुरक्षा, आश्रय, स्वास्थ्य सेवा र आपतकालीन राहत, पुनर्वास र स्वदेश फिर्तामा सहयोग, र शरणार्थीहरूको तर्फबाट राष्ट्रिय र बहुपक्षीय नीतिहरूको वकालत गर्ने समावेश छ।
आफ्नो कामको कदर स्वरुप, यस आयोगले सन् १९५४ र १९८१ मा दुईवटा नोबेल शान्ति पुरस्कार र सन् १९९१ मा अन्तर्राष्ट्रिय सहयोगका लागि प्रिन्स अफ अस्टुरियास पुरस्कार (Prince of Asturias Awards for International Cooperation) जितेको छ यो संयुक्त राष्ट्र विकास समूह (दिगो विकासमा समर्पित संस्थाहरूको एक संघ)को सदस्य हो, ।
काम
पुरस्कारहरू
शरणार्थी उच्च आयोगलाई १९५४ र १९८१ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। सन् २०१५ मा इन्दिरा गान्धी पुरस्कार प्रदान गरिएको थियो।
सन् १९९१ मा प्रिन्स अफ अस्टुरियास अवार्ड फर इन्टरनेशनल कोअपरेशनबाट सम्मानित गरिएको थियो।
कर्मचारी
२०२३ अनुसार, शरणार्थी उच्च आयोगमा १८,८७९ भन्दा धेरै कर्मचारीहरू १३५ देशमा कार्यरत छन्.
