factograf
NE

टेलिफोन

टेलिफोन

टेलिफोन दूर सञ्चारको एक आधुनिक यन्त्र हो । यसको माध्यमले टाढा टाढाका मानिषहरू एक अर्का सँग कुरा-कानी गर्न सक्षम हुन्छन् । यो यन्त्र तारसँग जोडिएको हुन्छ । ब्यक्ति जब यस यन्त्रमा केही बोल्छ तब यस यन्त्रले आवाजलाई तरङ्गमा परिवर्तन गराएर तार भित्रैबाट अर्को यस्तै यन्त्रलाई पठाउँछ । अर्को यन्त्रले फेरी त्यो तरङ्गलाई आवाजमा परिवर्तन गराएर सुन्ने ब्यक्तिलाई पठाउँछ ।

इतिहास

An Olivetti घुमायेर डायल गर्ने टेलिफोन, c.१९४०s
An Olivetti घुमायेर डायल गर्ने टेलिफोन, c.१९४०s
१८९६को एउटा फोन स्विडेनबाट
१८९६को एउटा फोन स्विडेनबाट
2 images

टेलिफोनको खोज एलेक्जेंडर ग्राहम बेलले गर्नु भयेको थियो । टेलिग्राफ र टेलिफोन दुबै तारमा आधारित इलेक्ट्रिकल सिस्टम हो । एलेक्जेंडर ग्राहम बेलले टेलिग्राफलाई सुधारने प्रक्रियामा टेलीफोनको खोज गर्नु भयो । जब उहाँले टेलीग्राफ माथि प्रयोग शुरु गर्नु भयो तब तेती बेला त्यो ३० वर्ष देखि स्थापित माध्यम थियो । त्यो माध्यमले एक पटकमा एक सन्देश पठाउन सकिन्थ्यो । ग्राहम बेल संगितको शौखिन थिए । संगीतलाई मात्र कानले हैन दिमागले सुन्नुहुन्थ्यो । उँहा ध्वनीको स्वरूपको ज्ञाता पनि हुनुहुन्थ्यो । यसैले उहाँलाई टेलीफोनको अविष्कार गर्न मद्दत पुग्यो । उनले पहिला इलेक्ट्रिक टेलिग्राफ बनाउनु भयो । यस पछि १८७५मा उहाँको स्मिथ सोनियन इंस्टीच्यूटको निर्देशक जोसेफ हेनरी सँग भेंट भयो । उहाँले ग्राहमको टेलिफोनको विचार सुनेर उत्साह प्रकट गर्नु भयो । त्यस पछि थोमस वाटसन र ग्राहम बेल दुबै टेलिफोनको विचारलाई साकार रूप दिन लागि परे । तब गएर उहाँहरूले टेलिफोनको अविस्कार गर्नु भयो ।
सन् १८६० मा एलीशा ग्रे र एलेक्जेंडर ग्राहम बेल दुबै जनाले टेलिफोन बनाउने तरीकाको खोज गरी सकेका थिए । दुबै जना आ-आफ्नो डिजाइन लिएर पटेंट अफिस तर्फ कुदे, तर ग्राहम बेलले पहिले पेटेंट गराउन सफल हुनु भयो । यस पछि दुबै जना कानुनी लडाई लडन थाले । अन्तमा एलेक्जेंडर ग्राहम बेलको जीत भयो । यही कारण हो कि आज हामी टेलिफोनको पहिलो अविष्कारकको नाम ग्राहम बेल जान्दछौं एलिशा ग्रे होइन।

कस्तो थियो शुरुको फोन?

पहिला टेलिफोनमा ध्वनी सन्देश जाने र आउने एउटै तारको प्रयोग गरिन्थ्यो र जमीन मुनिबाट टेलिग्राम सिस्टम जस्तै टेलिफोनबाट पनि सन्देश पठाइन्थ्यो । त्यसमा एउटै ठाँउ हुन्थ्यो जसलाई बोल्ने बेला मुखको छेउमा ल्याएर बोलिन्थ्यो र सुन्ने बेला कान नजिकल्याएर सुनिन्थ्यो ।

विकास क्रम

त्यती बेला टेलिफोनमा म्याग्नेटो वा ब्याट्री लगाइन्थ्यो जसले गर्दा उच्च भोल्टेज उत्पन्न हुन्थ्यो । यो एक्सचेंज अपरेट गर्नको लागि एउटा सिग्नलको काम गर्थ्यो। सन् १८७७-८८ मा एडिसनले कार्बन माइक्रोफोन बनाउनु भयो, जसलाई टेलिफोनमा लगाउन थालियो। यस कार्बन माइक्रोफोनलाई १९२०मा रेडियोमा कार्यक्रम प्रसारणको समयमा लगाउन थालियो। टेलिफोनमा चार तारको सर्किटको प्रयोग गरिन्थ्यो।

नेपालमा दूरसञ्चारको इतिहास

नेपाल दूरसञ्चार वि.सं. १९७०मा काठमाडौँमा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको हो । अत्यन्तै सीमित भागमा शुरु गरिएको यो सेवा नै दूरसञ्चार सेवा विस्तारको पहिलो खुड्किलो हो । वि.सं. १९७१मा काठमाडौँ र रक्सौलबीच ओपन वायर लाईनको स्थापना भएपछि पहिलो ट्रंक टेलिफोन सेवाको शुरुवात भएको हो । वि.सं. १९९१ मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना थियो । वि.सं. १९९२मा काठमाडौँमा २५ लाईनको अटोमेटिक टेलिफोन एक्सचेन्जको स्थापना भएपछि देशमा स्थानीय टेलिफोन सेवाको शिरूवात भयो । नेपाल दूरसञ्चार कम्पनीको स्थापना कम्पनी ऐन, २०५३ अन्तर्गत २०६० माघ २२ गते भएको थियो । यो २०६१ वैशाख १ देखि कम्पनीका रूपमा अस्तित्वमा आएको हो । कम्पनीमा परिणत भएपछि कम्पनी सञ्चालक समितिको पहिलो बैठकले व्यावसायिक रूपमा यसलाई नेपाल टेलिकमको रूपमा परिचित गराईयो । नेपाल दूरसञ्चार को कार्यालय आज नेपाल भरि फैलिएको छ । आजको जमानामा टेलिफोन ले धेरै सहयोग पुगेको हेरिन्छ।

यो पनि हेर्नुहोस्

Read next

In 189 languages

neAfrikaansAlemannischአማርኛaragonésÆngliscअंगिकाالعربيةܐܪܡܝܐالدارجةمصرىঅসমীয়াasturianuAtikamekwazərbaycancaتۆرکجهбашҡортсаžemaitėškaBikol CentralBajau Samaбеларуская (тарашкевіца)беларускаябългарскиभोजपुरीবাংলাbrezhonegbosanskicatalà閩東語 / Mìng-dĕ̤ng-ngṳ̄нохчийнTsetsêhestâheseکوردیqırımtatarcačeštinaчӑвашлаCymraegdanskdagbanliDeutschThuɔŋjäŋZazakiΕλληνικάEnglishEsperantoespañoleestieuskaraفارسیsuomivõrofrançaisNordfriiskFryskGaeilge贛語kriyòl gwiyannenGàidhliggalegoAvañe'ẽGaelg客家語 / Hak-kâ-ngîעבריתहिन्दीFiji HindihrvatskiKreyòl ayisyenmagyarհայերենinterlinguaJaku IbanBahasa IndonesiaInterlingueIgboIñupiatunIdoíslenskaitaliano日本語Patoisla .lojban.JawaქართულიKabɩyɛGĩkũyũқазақшаភាសាខ្មែរಕನ್ನಡYerwa Kanuri한국어къарачай-малкъарکٲشُرRipoarischkurdîкыргызчаLatinaLadinoLëtzebuergeschLingua Franca NovaLimburgslombardlingálaລາວlietuviųlatviešuMalagasyолык марийMinangkabauмакедонскиമലയാളംмонголमराठीBahasa Melayuမြန်မာဘာသာمازِرونیNapulitanoNedersaksiesPlattdüütschनेपाल भाषाNederlandsnorsk nynorsknorskߒߞߏNouormandoccitanlivvinkarjalaਪੰਜਾਬੀDeitschPälzischpolskiPiemontèisپنجابیپښتوportuguêsRuna Simiရခိုင်rumantschromânăarmãneashtiрусскийрусиньскыйसंस्कृतम्саха тылаsicilianuScotsسنڌيSängösrpskohrvatski / српскохрватскиTaclḥitසිංහලSimple EnglishslovenčinaslovenščinaGagana SamoachiShonaSoomaaligashqipсрпски / srpskiSundasvenskaKiswahiliSakizayaதமிழ்తెలుగుтоҷикӣไทยTagalogtoki ponaTürkçeSeediqтатарча / tatarçaTwiукраїнськаاردوoʻzbekcha / ўзбекчаvepsän kel’Tiếng ViệtVolapükwalonWinaray吴语isiXhosaმარგალურიייִדישYorùbáVahcuengh文言閩南語 / Bân-lâm-gí粵語中文

Text from Wikipedia, CC BY-SA 4.0 · Source article