factograf
NE

दक्षिणी युरोपको देश

इटाली

इटाली

Key facts

जनसंख्या५,८८,५०,७१७
स्थापना१९४६ जुन १८
उदाहरणदेश, सार्वभौम राष्ट्र
देशइटाली
राजधानीरोम
राष्ट्राध्यक्षSergio Mattarella
सरकार प्रमुखजर्जिया मेलोनी
महादेशयुरोप
रहेको समय क्षेत्रEurope/Rome
मुद्रायुरो
All data from the card 38
राजधानीर सबैभन्दा ठुलो सहर
रोम४१°५४′ उत्तर १२°२९′ पूर्व / ४१.९००° उत्तर १२.४८३° पूर्व
आधिकारिक भाषाहरू
इटालेली
हेर्नुहोस्
इटालीका भाषाहरू
जातिगत समूहहरू (सन् २०२७)
९१.५% इटालेली मानिस८.५% अन्य
धर्म (सन् २०१७)
७८% रोमन क्याथोलिक१५% नास्तिक७.०% अन्य
रैथाने(हरू)
इटालेली
सरकार
एकात्मक संसदीय गणतन्त्र
• राष्ट्रपति
Sergio Mattarella
• प्रधानमन्त्री
मारियो द्रागी
• व्यवस्थापिका प्रमुख
Elisabetta Casellati
• President of theChamber of Deputies
Roberto Fico
व्यवस्थापिका
संसद
• माथिल्लो सदन
इटालेली व्यवस्थापिका
• तल्लो सदन
Chamber of Deputies
• एकीकरण
१७ मार्च १८६१
• गणतन्त्र
२ जुन १९४६
• हालको संविधान
१ जनवरी १९४८
• Founded the EEC (now EU)
१ जनवरी १९५८
• जम्मा
३,०१,३४० किमी२ (१,१६,३५० वर्ग माइल) (७१औँ)
• पानी (%)
२.४
• सन् २०२० अनुमानित
६०,३१७,५४६ (२२औँ)
• सन् २०११ जनगणना
५९,४३२,७४४
• घनत्व
२०१.३/किमी2 (५२१.४/वर्ग माइल) (६३औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)
सन् २०१९ लगत
• जम्मा
$२.४४३ खर्ब (१२औँ)
• प्रति व्यक्ति
$४०,४७० (३३औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)
सन् २०१९ लगत
• जम्मा
$१.९८९ खर्ब (आठौँ)
• प्रति व्यक्ति
$३२,९४७ (२५औँ)
गिनी (सन् १०१८)
३३.४मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१८)
०.८८३धेरै उच्च · २९औँ
मुद्रा
युरो, €b
समय क्षेत्र
अन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (मध्य युरोपेली समय)
• ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (मध्य युरोपेली ग्रीष्मकालिन समय)
मिति ढाँचा
dd/mm/yyyyyyyy-mm-dd (सन्)
सडक प्रयोग
दायाँ
टेलिफोन कोड
+३९c
इन्टरनेट डोमेन
डट आइटीd

इटाली (इटालेली: Italia) आधिकारिक रूपमा इटाली गणतन्त्र, युरोपमा अवस्थित एक देश हो। यो देश प्रायद्वीपद्वारा विभाजित छ भने यसलाई युरोपको सबैभन्दा लामो हिमश्रृङ्खलाहरू आल्प्स र धेरै टापुहरूद्वारा घेरिएको छ। इटाली दक्षिण मध्य यूरोपमा अवस्थित भएता पनि यसलाई पश्चिमी यूरोपको एक भाग मानिन्छ। यसको राजधानी तथा सबैभन्दा ठूलो सहर रोम हो। देशको एकात्मक संसदीय गणतन्त्रले हो। यसले ३,०१,३४० वर्ग किलोमिटर वा ११६,३५० वर्ग माइल क्षेत्रफल ओगटेको छ। फ्रान्स, स्विट्जरल्यान्ड, अस्ट्रिया, स्लोभेनिया र भ्याटिकन र सान मारिनोको केही भूभागसँग सीमा साझेदारी गरेको छ। करीव ६ करोड जनसङ्ख्याको साथ, इटाली युरोपेली सङ्घको तेस्रो सर्वाधिक धेरै जनसङ्ख्या भएको देश हो।

प्रमुख भौगोलिक स्थान दक्षिणी युरोप र भूमध्यसागरमा भएका कारण इटाली ऐतिहासिक रूपमा असङ्ख्य मानिस र संस्कृतिहरूको गृह बनेको छ। ल्याटिन भनेर चिनिने इटालेेली जनजातिले ईसापूर्व ८औँ शताब्दीमा रोमन राज्यको स्थापना गरेका थिए, जुन अन्ततः व्यवस्थापिका र जनताको सरकारको साथ गणतन्त्र राज्यको रूपमा स्थापना भएको थियो।

रोमन गणतन्त्रले सुरुमा इटालेली प्रायद्वीपमा आफ्ना छिमेकीको क्षेत्रहरूलाई कब्जा गर्दै अन्ततः युरोप, उत्तर अफ्रिका र एसियाको केही भाग विस्तार गरेको थियो।ईसापूर्व प्रथम शताब्दीसम्ममा, भूमध्यसागरको काखमा रोमन साम्राज्य प्रभुत्वको रूपमा देखा परेको थियो र एक अग्रणी सांस्कृतिक, राजनैतिक तथा धार्मिक केन्द्र बन्न पुगेको थियो जसले पाक्स रोमानाको स्थापना गरेको थियो। २०० वर्षको अवधिका इटालीमा कानुन, प्रविधि, अर्थव्यवस्था, कला तथा साहित्यको विकास भएको थियो। इटाली रोमानीहरूको साम्राज्य र साम्राज्यको प्रमुख केन्द्र रहेको छ, जसको बपौती संस्कृति, सरकार, इसाई र ल्याटिन लिपिको विश्वव्यापी वितरणमा पनि देख्न सकिन्छ।

प्रराम्भिक मध्य युगको अवधिमा इटालीले पश्चिमी रोमन साम्राज्य र असभ्य मानिसहरूको आक्रमण सहनु परेको थियो, तर ११औँ शताब्दी पछि, असङ्ख्य प्रतिद्वन्द्वी र समुद्री गणतन्त्र राज्यहरूका साथसाथै उत्तरी र मध्य क्षेत्रहरूमा वाणिज्य, बैङ्किक र आधुनिक पुँजीवादको माध्यमबाट इटाली ठूलो समृद्धिमा पुगेको थियो। प्रायः स्वतन्त्र राज्यहरूले एसिया र निकटका क्षेत्रहरूसँग युरोपको मुख्य व्यापारिक केन्द्रको रूपमा काम गरेमा थिए। युरोपभरि जडा गाडेर बसेका ठूला सामन्ती राजतन्त्रहरूको भन्दा यी देशहरूले लोकतन्त्रको अनुभव गरेका थिए। तथापि, मध्य इटालीको एक भाग इश्वरतान्त्रिक राज्यहरूको नियन्त्रणमा रहेको थियो, जबकि दक्षिणी इटाली १९औँ शताब्दीसम्म धेरै हदसम्म सामन्ती नै रहेको थियो। १९औँ शताब्दीमा इटालीमा पुनर्जागरण सुरु भएको थियो र मानवतावाद, विज्ञान, अन्वेषण र कलामा एक नया मोड ल्याउनका लागि यो युरोपको बाँकी देशहरूमा पनि फैलिएको थियो। पुनर्जागरण पश्चात्, इटालीले संस्कृति, विज्ञान, कलाकार र विभिन्न उत्पादनशील क्षेत्रहरूको विकासमा जोड दिएको थियो। मध्य युगको अवधिमा, इटालेली अन्वेषकहरूले सुदूर पूर्व र नयाँ विश्वको लागि मार्गहरू पत्ता लगाएका थिए जसले युरोपमा एक नयाँ अन्वेषण युगको सुरु गर्न सहयोग पुर्‍याएको थियो। इटालीका वाणिज्यिक र राजनैतिक शक्तिहरूले भूमध्यसागरमा व्यापार मार्गहरू खोल्दै गएको इतिहासमा पाइन्छ। १५औँ शताब्दीका इटालेली युद्धले इटाली विभिन्न सहर तथा क्षेत्रहरूमा खण्डित भएको थियो र सोही युद्धको फाइदा उठाउँदै युरोपका अन्य देशहरूले इटालीका थुप्रै राज्यहरूको कब्जा गर्दै आफ्नो देशमा गाभेका थिए।

१९औँ शताब्दीको मध्यसम्ममा, बढ्दो इटालेली राष्ट्रवाद र विदेशी नियन्त्रणबाट स्वतन्त्रताको आह्वानले क्रान्तिकारी राजनैतिक उथलपुथलको समयलाई बुझाउँछ। शताब्दीयौँको विदेशी प्रभुत्व र राजनैतिक विभाजन पछि, इटाली लगभग सन् १९६१ मा पूर्ण रूपमा एकजुट भएको थियो जसले इटालीको राज्यलाई एक महान शक्तिको रूपमा स्थापित गरेको थियो। १९औँ शताब्दीको अन्तदेखि २०औँ शताब्दीको सुरुवात सम्ममा इटालीले औद्योगिक राष्ट्रको रूपमा विकसित भएको थियो र यसले औपनिवेशिक साम्राज्यको अधिग्रहण गरेको थियो। पहिलो विश्वयुद्धका चार मुख्य सहयोगी शक्तिहरूमध्ये एक भए पनि इटालीले आर्थिक सङ्कट र सामाजिक अस्थिरताको घडीमा प्रवेश गरेको थियो र यसले सन् १९२२ मा इतालिया सामन्ती तानाशाहीको उदय गराएको थियो। दोस्रो विश्वयुद्धमा अक्ष पक्षको एक प्रमुख अङ्गको रूपमा रहेको इटाली विश्वयुद्धमा पराजित भएको थियो जसले इटालीमा आर्थिक विनाश र इटालेली गृहयुद्धको सुरुवात गरेको थियो। इटालीको स्वतन्त्रता पछि देशले उनीहरूको राजतन्त्रको अन्त्य गरेको थियो। प्रजातान्त्रिक गणतन्त्र स्थापना गरेको देशले लामो समयसम्म आर्थिक उथलपुथलको सामना गरेको थियो र अन्तत: यो विश्वको उच्च विकसित देश बन्न पुगेको थियो।

हाल, इटाली विश्वको सबैभन्दा सांस्कृतिक र आर्थिक रूपले सम्पन्न देशहरू मध्ये एक मानिन्छ। कुल ग्रहस्थ उत्पादनका आधारमा यो युरोपमा तेस्रो तथा विश्वको आठौँ ठूलो अर्थव्यवस्था भएको मुलुक हो। यसले विश्वको राष्ट्रिय धनमा यसले विश्वको छैटौँ सर्वाधिक घन आरक्षण गरेको छ भने यसको केन्द्रित बैङ्कले विश्वको तेस्रो सर्वाधिक धेरै सुनको आरक्षण गरिरहेको छ। यो औसत आयु, जीवनको गुणस्तर, स्वास्थ्य सेवा, र शिक्षाको गुणस्तरमा अत्यन्तै उच्च स्थानमा रहेको छ।

देशले क्षेत्रीय र विश्वव्यापी आर्थिक, सैनिक, सांस्कृतिक र कूटनीतिक मामिलामा महत्त्वपूर्ण भूमिका खेल्दछ। यो दुबै क्षेत्रीय र एक महान शक्ति हो भने यो विश्वको आठौँ सबैभन्दा शक्तिशाली सैन्य स्थानमा यथावत छ। इटाली युरोपेली सङ्घको संस्थापक तथा अग्रणी सदस्य र संयुक्त राष्ट्र सङ्घ, उत्तर आन्घ्र सन्धि सङ्गठन, आर्थिक सहयोग तथा विकास सङ्गठन, विश्व स्वास्थ्य सङ्गठन, भूमध्य सागर सङ्घ तथा थुप्रै अन्तर्राष्ट्रिय संस्थाहरूको सदस्य हो। देश लामो समयदेखि कला, सङ्गीत, साहित्य, दर्शन, विज्ञान र प्रविधि, र फेसनको एक विश्व केन्द्र रहँदै आएको छ र यसले चलचित्र, व्यञ्जन, खेलकुद, न्यायशास्त्र, बैङ्किक र व्यवसायलगायत विभिन्न क्षेत्रमा धेरै नै प्रभाव पारेको छ र योगदान पुर्‍याएको छ। यसका ५५ वटा स्थल, धरोहर तथा सांस्कृतिक सम्पत्तिहरू विश्व सम्पदा क्षेत्रमा सूचीकृत छन्। यो विश्वको पाँचौँ सर्ववाधिक भ्रमण गरिएको देश हो।

बाह्य कडीहरू

सरकार
  • (इटालेली भाषामा) सरकारी वेबसाइट
  • (इटालेली भाषामा) इटालेली संसदको आधिकारिक वेबसाइट
  • इतालिको राष्ट्रपतिको वेबसाइट
  • अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि इटालेली उच्च शिक्षा अभिलेखिकरण २००९-०४-१९ वेब्याक मेसिन
  • इटालेली राष्ट्रिय र क्षेत्रीय निकुञ्जहरू
  • इटालेली पर्यटन आधिकारिक वेबसाइट अभिलेखिकरण २००९-१०-१८ वेब्याक मेसिन
अर्थतन्त्र
  • अर्थव्यवस्था तथा वित्त मन्त्रालयको वेबसाइट
सामान्य जानकारी
  • इटाली बिबिसी समाचार
  • इटाली बारे सिआइए विश्व तथ्यपुस्तक जानकारी


  • इटाली इन्साइक्लोपिडिया ब्रिटानिकामा प्रविष्ट
  • इटाली आर्थिक सहयोग तथा विकास सङ्गठनमा
  • इटाली युरोपेली सङ्घमा
  • विकिमिडिया मानचित्रावलीमा Italy

Read next

In 323 languages

neаԥсшәаAcèhадыгабзэAfrikaansAlemannischалтай тилአማርኛPangcaharagonésÆngliscOboloअंगिकाالعربيةܐܪܡܝܐالدارجةمصرىঅসমীয়াasturianuAtikamekwаварKotavaअवधीAymar aruazərbaycancaتۆرکجهбашҡортсаBasa BaliBoarischžemaitėškaBatak TobaBikol Centralбеларуская (тарашкевіца)беларускаяBetawiбългарскиभोजपुरीBislamaBanjarပအိုဝ်ႏဘာႏသာႏbamanankanবাংলাབོད་ཡིགবিষ্ণুপ্রিয়া মণিপুরীbrezhonegbosanskiBatak MandailingBasa Ugiбуряадcatalà閩東語 / Mìng-dĕ̤ng-ngṳ̄нохчийнCebuanoChamoruᏣᎳᎩTsetsêhestâheseکوردیcorsuqırımtatarcačeštinakaszëbscziсловѣньскъ / ⰔⰎⰑⰂⰡⰐⰠⰔⰍⰟчӑвашлаCymraegdanskdagbanliDeutschThuɔŋjäŋZazakidolnoserbskiडोटेलीދިވެހިބަސްཇོང་ཁeʋegbeΕλληνικάemiliàn e rumagnòlEnglishEsperantoespañoleestieuskaraestremeñuفارسیFulfuldesuomivõroNa Vosa Vakavitiføroysktfɔ̀ngbèfrançaisarpetanNordfriiskfurlanFryskGaeilgeGagauz贛語kriyòl gwiyannenGàidhliggalegoگیلکیAvañe'ẽगोंयची कोंकणी / Gõychi Konknni𐌲𐌿𐍄𐌹𐍃𐌺ગુજરાતીGaelgHausa客家語 / Hak-kâ-ngîHawaiʻiעבריתहिन्दीFiji HindihrvatskihornjoserbsceKreyòl ayisyenmagyarհայերենԱրեւմտահայերէնinterlinguaJaku IbanBahasa IndonesiaInterlingueIgboIñupiatunIlokanoгӀалгӀайIdoíslenskamedžuslovjanskyitalianoᐃᓄᒃᑎᑐᑦ / inuktitut日本語Patoisla .lojban.JawaქართულიQaraqalpaqshaTaqbaylitадыгэбзэKabɩyɛTyapKongoKumoringGĩkũyũқазақшаភាសាខ្មែរಕನ್ನಡYerwa Kanuri한국어перем комикъарачай-малкъарکٲشُرRipoarischkurdîкомиkernowekкыргызчаLatinaLadinoLëtzebuergeschлаккулезгиLingua Franca NovaLugandaLimburgsLigureLadinlombardlingálaລາວlietuviųlatgaļulatviešuMadhurâमगहीमैथिलीBasa BanyumasanмокшеньMalagasyолык марийMāoriMinangkabauмакедонскиമലയാളംмонголꯃꯤꯇꯩ ꯂꯣꯟमराठीкырык марыBahasa MelayuMaltiMirandésမြန်မာဘာသာэрзяньمازِرونیNapulitanoNedersaksiesPlattdüütschनेपाल भाषाLi NihaNederlandsnorsk nynorsknorskNovialߒߞߏisiNdebele seSewulaNouormandSesotho sa LeboaNupeDiné bizaadChi-ChewaoccitanlivvinkarjalaOromooଓଡ଼ିଆиронਪੰਜਾਬੀPangasinanKapampanganPapiamentuPicardDeitschPälzischpolskiPiemontèisپنجابیΠοντιακάپښتوportuguêsRuna Simirumantschromani čhibikirundiromânăarmãneashtitarandíneрускирусскийрусиньскыйIkinyarwandaसंस्कृतम्саха тылаᱥᱟᱱᱛᱟᱲᱤsardusicilianuScotsسنڌيdavvisámegiellaSängösrpskohrvatski / српскохрватскиTaclḥitတႆးසිංහලSimple EnglishslovenčinaسرائیکیslovenščinaGagana SamoaanarâškielâchiShonaSoomaaligashqipсрпски / srpskiSranantongoSiSwatiSesothoSeelterskSundasvenskaKiswahiliꠍꠤꠟꠐꠤślůnskiSakizayaதமிழ்TayalತುಳುతెలుగుtetunтоҷикӣไทยትግርኛTürkmençeTagalogtolışiSetswanalea faka-Tongatoki ponaTok PisinTürkçeSeediqXitsongaтатарча / tatarçachiTumbukaTwireo tahitiтыва дылудмуртئۇيغۇرچە / Uyghurcheукраїнськаاردوoʻzbekcha / ўзбекчаTshivendavènetovepsän kel’Tiếng ViệtWest-VlamsVolapükwalonWinarayWolof吴语хальмгisiXhosaმარგალურიייִדישYorùbáVahcuenghZeêuwsⵜⴰⵎⴰⵣⵉⵖⵜ ⵜⴰⵏⴰⵡⴰⵢⵜ文言閩南語 / Bân-lâm-gí粵語中文isiZulu

Text from Wikipedia, CC BY-SA 4.0 · Source article