factograf
NE

दासप्रथा

दासप्रथा

दासत्व भनेको सम्पत्तिको रूपमा व्यक्तिको स्वामित्व हो, विशेष गरी उनीहरूको श्रमको सन्दर्भमा। दास प्रथा भनेको मानिसलाई पशुसरह किनबेच गरि विभिन्न कामहरूमा लगाउने अमानविय क्रियाकलाप हो।

विश्वमा दास प्रथाको इतिहास

दासप्रथा मानव समाजको एउटा अपरिहार्य अवस्था थियो । यसको जन्म तत्कालीन उत्पादक शक्तिहरूको आवश्यकताहरूको अनुकूल थियो । दास समाजमा युद्धबन्दीहरूलाई सामूहिक रूपमा मृत्युदण्ड दिइँदैनथ्यो । त्यसको बदलामा उनीहरूलाई काम गराउनका निम्ति जीवित राखिने गर्थ्यो । यो उत्पादनको विकासमा सहायक थियो । दासमालिकसँग ठूलो मात्रामा उत्पादनका साधन र श्रम विद्यमान हुनाले ठूलो परिमाणमा उत्पादन र सहकार्यलाई सङ्गठित गर्न सम्भव भयो ।

दासप्रथा बिगतका केही समय धेरै समाजमा बैध थियो, तर अहिले सबै देशहरूमा यो गैरकानुनी छ। आधिकारिक रूपमा दासप्रथा अन्त्य गर्ने अन्तिम देश मौरिटानिया थियो जहाँ १९८१ मा दासप्रथा अन्त्य भयो। अहिले पनि अनुमानित ४.०३ करोड मानिसहरु आधुनिक दास भएको मानिन्छ। आधुनिक दास किनबेच को सबैभन्दा प्रचलित रुप भनेको मानव बेचबिखन हो। अन्य क्षेत्रमा दासप्रथा (वा बेगार) कमलरी, अझै चलिरहेको छ, कमैया,यौन दासत्व घरेलु कामदार kept in captivity, certain adoptions in which children are forced to work as slaves, बाल सैनिक, and जबर्जस्ती बिबाहको रूपमा बालबालिकाहरू दासको रूपमा काममा लगाइएका छन्.

नेपालमा दास प्रथाको इतिहास

नेपालमा दास प्रथाको इतिहास निकै पुरानो छ। नेपालमा विभिन्न नामहरूबाट दास प्रथा विध्यमान अवस्थामा रहेका थिए। जस्तै: कमैया प्रथा, हलिया प्रथा आदि। तर सबै प्रथाहरू मानिसहरूको अमानविय शोषणमा नै केन्द्रित थिए।

नेपालमा आधिकारिक रूपमा वि.सं. १९८१ मा तत्कालिन प्रधानमन्त्री चन्द्र समशेरले दास प्रथाको अन्त्यको घोषणा गरेका थिए। जुन घोषणासंगै नेपालबाट उनन्साठी हजार आठ सय त्रिपन्न दासदासीहरू मुक्त भएका थिए। तर पनि कमैया प्रथा र हलिया प्रथा भने विध्यमान अवस्थामा नै थियो। पछि आएर वि.सं. २०५७ साउन २ गते कमैया प्रथा अन्त्य भयो। साथै वि.सं.२०६५ भदौ २१ गते हलिया प्रथा अन्त्य भयो। यसरी नेपाललाई दासमुक्त देश बन्न भने धेरै समय लागेको अनुमान गर्न सकिन्छ।1,त्रिशूल्ली डामि र राणाहरूसँग मुक्त गरायो।

भिक्षा खोरी मा व्यवस्थापन गर्न । अभिलेखमा राख्न गञ्जा समूहमा अभिलेख गन्ज भनिन्छ ।

Read next

In 164 languages

neAfrikaansAlemannischአማርኛaragonésÆngliscالعربيةالدارجةمصرىঅসমীয়াasturianuAymar aruazərbaycancaتۆرکجهбашҡортсаBoarischžemaitėškaBikol Centralбеларуская (тарашкевіца)беларускаябългарскиBanjarবাংলাབོད་ཡིགbrezhonegbosanskiBatak MandailingбуряадcatalàнохчийнCebuanoکوردیqırımtatarcačeštinaчӑвашлаCymraegdanskDeutschThuɔŋjäŋZazakiΕλληνικάEnglishEsperantoespañoleestieuskaraestremeñuفارسیFulfuldesuomivõroføroysktfrançaisNordfriiskfurlanFryskGaeilgekriyòl gwiyannenGàidhliggalegoAvañe'ẽGhanaian PidginગુજરાતીHausaעבריתहिन्दीFiji HindihrvatskiKreyòl ayisyenmagyarհայերենinterlinguaBahasa IndonesiaIlokanoIdoíslenskaitaliano日本語Patoisla .lojban.JawaქართულიQaraqalpaqshaадыгэбзэTyapKongoGĩkũyũқазақшаភាសាខ្មែរಕನ್ನಡ한국어къарачай-малкъарkurdîкыргызчаLatinaLëtzebuergeschLimburgslombardlingálalietuviųlatviešuMalagasyмакедонскиമലയാളംмонголमराठीBahasa MelayuMaltiMirandésမြန်မာဘာသာPlattdüütschनेपाल भाषाNederlandsnorsk nynorsknorskoccitanਪੰਜਾਬੀPapiamentupolskiPiemontèisپښتوportuguêsRuna Simiromânăрусскийрусиньскыйсаха тылаsardusicilianuسنڌيsrpskohrvatski / српскохрватскиසිංහලSimple EnglishslovenčinaslovenščinachiShonaSoomaaligashqipсрпски / srpskisvenskaKiswahiliதமிழ்తెలుగుтоҷикӣไทยTagalogSetswanatoki ponaTürkçeтатарча / tatarçachiTumbukaئۇيغۇرچە / Uyghurcheукраїнськаاردوoʻzbekcha / ўзбекчаvènetoTiếng ViệtWinaray吴语ייִדישYorùbá閩南語 / Bân-lâm-gí粵語中文

Text from Wikipedia, CC BY-SA 4.0 · Source article