factograf
NE

चगास रोग

चगास रोग
All data from the card 1
विभाग:
संक्रामक रोगहरू, parasitology

चगास रोग, वा अमेरिकन ट्राइपानोसोमिआसिस(American trypanosomiasis), भनेको ट्रोपिकल परजीवी रोग हो जुन प्रोटोजोआn ट्राइपानोसामा क्रुजी (Trypanosoma cruzi)को कारणले हुन्छ। यो प्राय: किसिङ बग्सनामले परिचित कीराहरूको माध्यबाट फैलिन्छ। संक्रमणको क्रमसँगै लक्ष्णहरू फैलिन्छन्। प्रारम्भिक चरणमा, लक्षणहरू औसतन देखिदैनन् वा मध्यम हुन्छन् र निम्न शामिल हुन सक्छन्: ज्वरो, सुन्निएको लसीका ग्रन्थी (lymph nodes), टाउको दुख्ने, वा टोकेको ठाँउमा सुनिनु। ८–१२ हप्तापछि, व्यक्तिहरू रोगको दीर्घकालीन स्थितिमा पुग्छन् र ६०–७०% मा यसले थप लक्षणहरू देखाँउदैन। अन्य 30 देखि 40% मानिसहरूमा प्रारम्भिक संक्रमण भएको १० देखि ३० वर्षपछि थप लक्षणहरू विकास हुन्छन्। यसमा हृदयको भेन्ट्रिकलहरू २०% देखि ३०% सम्म ठूलो हुन्छ र हृदयको गति रूक्छ। १०% मानिसहरूमा भोजन नली ठूलो हुनसक्छ वा मलाशय ठूलो हुनसक्छ।

टि. क्रुजी सामान्यतया रगत-चुस्ने "किसिङ बग्स", ट्रिआटोमिनाइ (Triatominae)को उपपरिवारद्वारा मानव र अन्य स्तनधारी जनावरहरूमा फैलिन्छ। यी कीराहरूलाई धेरै सङ्ख्याका स्थानीय नामहरूले चिनिन्छ साथै: अर्जेन्टिना, बोलिभिया, चिली र पाराग्वेमा भिन्चुका, ब्राजिलमा बार्बेइरो ( बार्बर), कोलम्बियामा पिटो, सेन्ट्रल अमेरिकामा चिन्चे, र भेनेजुएलामा चिपो । यो रोग रगत दिँदा, अंग प्रत्यारोपण गर्दा, परजीवी भएका खाना खाँदा, and आमाबाट गर्भको बच्चामाफैलिन सक्छ। माइक्रोस्कोप प्रयोग गरी रगतमा भएका पारासाइट फेला पारेर प्रारम्भिक रोगको निदान गरिन्छ। दीर्घकालीन रोगलाई रगतमा रोग-प्रतिकारक टि. क्रुजी फेला पारेर निदान गरिन्छ।

निवारणमा प्राय: किसिङ बग्सलाई मार्ने र उनीहरूको टोकाइबाट बच्नु शामिल छन्। अन्य निवारक प्रयासहरूमा ट्रान्सफ्युजनको लागि प्रयोग गरिने रगतको जाँच शामिल छ। 2013 सम्ममा खोपको विकास भएको छैन। प्रारम्भिक संक्रमणलाई बेन्सनिडाजोल (benznidazole) वा निफर्टिमक्स (nifurtimox)औषधिद्वारा उपचार गर्न सकिन्छ। यदि पहिले नै दिएमा तिनीहरू निको हुन सक्छन् तर धेरै समयदेखि चगास रोग लागेको व्यक्तिमा कम प्रभावकारी हुन्छ। दीर्घकालीन रोगमा प्रयोग गरेमा तिनीहरूले समाप्ति चरणको लक्षणहरूको विकासलाई ढिलो वा रोकथाम गर्न सक्छन्। बेन्सनिडाजोल र निफर्टिमक्सले ४०% मानिसहरूमा अस्थायी दुष्प्रभाव साथै छाला विकारहरू, दिमागमा विषाक्तता र पाचन प्रणालीमा पोलेको अनुभव हुनसक्छ।

अहिले धेरै मेक्सिको, मध्य अमेरिका र दक्षिण अमेरिका मा ७ देखि ८ लाख मानिसहरूलाई चगास रोग लागेको भनी अनुमान गरिएको छ। २००६ देखि प्रति वर्ष १२,५०० मृत्यु हुन्छ। यो रोग लागेका धेरै मानिसहरू गरिब छन् र रोग लागेका धेरै मानिसहरू आफूलाई रोग लागेको अनुभव गर्दैन। ठूलो-परिमाणमा जनसङ्ख्या स्थानान्तरण हुनाले चगास रोगका मामिलाहरू फेला पर्ने क्षेत्रहरू वृद्धि भएका छन् यसमा हाल युरोपेली राष्ट्रहरू र संयुक्त राज्य अमेरिका समावेश छन्। यी क्षेत्रहरूमा २०१४ देखि वृदधि भएको देखिन्छ। यो रोगलाई १९०९ मा कार्लोस चगास (Carlos Chagas) द्वारा वर्णन गरिएको थियो र यो रोगलाई उहाँको नाम दिइएको थियो। यसले १५० अन्य जनावरहरूभन्दा धेरैलाई प्रभाव पार्दछ।

Read next

In 69 languages

Text from Wikipedia, CC BY-SA 4.0 · Source article